खानेपानीमन्त्री र वीरगञ्जका मेयरलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवती पक्राउ

Author

सजिलो पत्रिका

२०८२ भदौ १४, शनिबार

66
Share
Featured
  • पर्सा प्रहरीले ज्यान मार्ने धम्की दिएको आरोपमा किरण साहलाई पक्राउ गरेको छ।
  • साहले फोनमा खानेपानीमन्त्री प्रदीप यादव र मेयर राजेशमान सिंहलाई "गोली ठोकी हत्या गर्ने" धम्की दिएको अडियो भाइरल भएको थियो।
  • प्रहरी अनुसन्धान जारी छ, र यो घटना सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको सुरक्षा र सामाजिक सञ्जालमा धम्कीपूर्ण गतिविधिहरूको बारेमा बहस उठाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

खानेपानीमन्त्री प्रदीप यादववीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४, रामगढ निवासी किरण साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मन्त्री यादव र मेयर सिंहले पाएको धम्कीबारे उजुरी आएपछि प्रहरीले शनिबार साहलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार साहले फोनमा "गोली ठोकी हत्या गर्ने" धम्की दिएको अडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो। प्रारम्भिक सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो घटनाले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सुरक्षा र सामाजिक सञ्जालमा बढ्दो धम्कीपूर्ण गतिविधिबारे नयाँ बहस सिर्जना गरेको छ।

यो समाचारमा

प्रदीप यादववीरगञ्ज महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...