शिक्षा विधेयकमा माग पूरा नभएपछि सरोकारवाला आन्दोलित

Author

सजिलो पत्रिका

२०८२ भदौ ०७, शनिबार

16
Share
Featured
  • ‘४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समिति’ ले शिक्षा विधेयकमा आफ्ना मागहरू समावेश नभएको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।
  • शिक्षक सेवा प्रवेशको उमेरहद ४० वर्ष पुर्‍याउनुपर्ने र कक्षा १२ उत्तीर्ण जनशक्तिलाई आधारभूत तहमा अध्यापन गर्न दिने व्यवस्था गरिनुपर्ने।
  • विधेयकका विभेदकारी प्रावधानविरुद्ध सम्पूर्ण नागरिक, शिक्षक तथा बुद्धिजीवीहरूलाई एकजुट हुन समितिले अपिल गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

विद्यालय शिक्षा विधेयकमा शिक्षक सेवा प्रवेशको उमेरहद ४० वर्ष पुर्‍याउनुपर्ने लगायतका मागहरू नसमेटिएको भन्दै सरोकारवालाहरूले आन्दोलनको घोषणा गरेका छन्। ‘४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समिति’ ले आफ्ना मागहरू सम्बोधनका लागि दबाब दिन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

समितिले आफ्ना सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई घोषित विरोधका कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिएको छ। समितिका अध्यक्ष भक्त बुढाद्वारा जारी विज्ञप्तिमा राज्यले युवाहरूको भविष्यप्रति गम्भीर नभएको आरोप लगाइएको छ। "राज्यले युवालाई कम आँकलन गरी दबाउने प्रयासलाई परास्त गर्न समिति कटिबद्ध छ," विज्ञप्तिमा भनिएको छ।

समितिले विधेयकमा भएका विभेदकारी प्रावधानविरुद्ध सम्पूर्ण नेपाली नागरिक, शिक्षक तथा बुद्धिजीवीहरूलाई एकजुट हुन अपिलसमेत गरेको छ।

केही दिनअघि शिक्षा समितिको उपसमितिले तयार पारेको प्रतिवेदनमा आफ्ना मागहरूबारे छलफल भए पनि अन्तिममा त्यसलाई नसमेटिएपछि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको समितिको भनाइ छ।

समितिका मुख्य मागहरूमा शिक्षक सेवामा प्रवेश गर्ने उमेरहद ४० वर्ष पुर्‍याउनुपर्ने र कक्षा १२ उत्तीर्ण गरेका जनशक्तिलाई आधारभूत तहमा पढाउन दिनुपर्ने रहेका छन्। यी मागहरूले हजारौँ युवाहरूलाई शिक्षण पेशामा प्रवेश गर्न सहज हुने समितिको दाबी छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपालगन्ज उपमहानगरपालिकाको १ अर्ब ७६ करोडको बजेट पारित

    बाँके । नेपालगन्ज उप-महानगरपालिकाका सभाले आगामी आर्थिक वर्षका  लागि प्रस्तुत एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ ।नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औँ नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा  प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव

    Data is loading...

    Loading brands...

    Loading footer...