काम गर्ने कर्मचारीलाई पन्छाएर समृद्धि हासिल हुँदैन : उर्जामन्त्री खड्का

Author

सजिलो पत्रिका

२०८२ साउन ३१, शनिबार ०९:४६

20
Share
Featured
  • उर्जा मन्त्री दीपक खड्काले विद्युत क्षेत्रमा योगदान गर्ने ज्यालादारी कर्मचारीको सम्मान गर्दै उनीहरूको माग सम्बोधनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
  • उनले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित भारत र बङ्गलादेशमा निर्यात बढाउने योजनाको उल्लेख गर्दै उर्जा क्षेत्रलाई समृद्धिको मुख्य आधार बताए।
  • बुढीगण्डकी, अप्पर अरुण, तमोरलगायत ठूला जलविद्युत आयोजना तीव्र गतिमा अघि बढाइने बताएर मन्त्रीले ५९४ दीर्घसेवा कर्मचारी, २९३ अवकाशप्राप्त कर्मचारी र अमर विद्युतकर्मी परिवारलाई सम्मान गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले काम गर्ने कर्मचारीको सम्मान बिना सरकारले देशमा समृद्धि ल्याउन नसक्ने बताएका छन् । उनले विशेषगरी विद्युत क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका ज्यालादारी कर्मचारीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले भने, “विद्युत क्षेत्रको विकासका लागि ज्यालादारी कर्मचारीले धेरै काम गरेका छन्, उनीहरुलाई टाढा राखेर समृद्धि खोज्न सकिँदैन । उहाँहरूले राखेको माग सम्बोधन गर्न प्राधिकरण सञ्चालक समिति लागिपरेको छ ।” उनले श्रमको सम्मान गर्न र विगतमा भएका निर्णयहरूलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खड्काले उर्जा क्षेत्रलाई सरकारले मुलुक समृद्ध बनाउने सबैभन्दा द्रुत माध्यमको रूपमा लिएको बताउँदै यसको विकासका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए । सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको र यसलाई पूरा गर्न विद्युत प्राधिकरणको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

विद्युत व्यापारबारे बोल्दै उनले छिमेकी मुलुकभारत र बंगलादेशमा विद्युत बिक्री सुरु भइसकेको र भविष्यमा यसलाई थप फराकिलो बनाउँदै लैजाने योजना रहेको बताए । “हामी विद्युत आयात घटाउँदै निर्यात बढाउने दिशामा अघि बढिरहेका छौं,” उनले भने ।

गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सरकारले जलविद्युतको शेयरमा विना धितो ऋण उपलब्ध गराउने योजनामा काम गरिरहेको पनि मन्त्री खड्काले जानकारी दिए । उनले बुढीगण्डकी, अप्पर अरुण, तमोर, पञ्चेश्वर जस्ता ठूला जलविद्युत आयोजनालाई सरकारले तीव्रताका साथ अगाडि बढाउन चाहेको बताए ।

कार्यक्रममा मन्त्री खड्काले उद्योगहरूले प्रयोग गरेको बिजुलीको शुल्क ‘टिओडी मिटर’का आधारमा असुल गर्नु प्राधिकरणको जिम्मेवारी भएको भन्दै डेडिकेटेड र ट्रंकलाईनको विवादमा अल्झिएर बस्न नहुने स्पष्ट गरे ।

सो अवसरमा मन्त्री खड्काले प्राधिकरणमा २० वर्ष निरन्तर सेवा गरेका ५९४ कर्मचारीलाई दिर्घसेवा पदक, २९३ अवकाशप्राप्त कर्मचारीलाई अवकाश पदक र अमर विद्युतकर्मीका परिवारजनलाई सम्मान गरेका थिए ।

यो समाचारमा

भारतकाठमाडौँबंगलादेशदिपक खड्का

ट्यागहरू

#दिपक खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    भर्खरै

    News Image

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    News Image

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    News Image

    घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

    News Image

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू