चितवनका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’को सङ्क्रमण पुष्टि

Author

सजिलो पत्रिका

२०८२ साउन २७, मङ्गलबार

18
Share
Featured
  • चितवनस्थित पन्छी रोग अन्वेषण प्रयोगशालाले परीक्षण गरेका करिब ३३% कुखुराको नमूनामा चिकेन एनेमिया भाइरस (CAV) को सङ्क्रमण देखिएको छ।
  • उक्त भाइरसले कुखुराको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ, जसले गर्दा अन्य रोगको जोखिम बढ्छ, तौल घट्छ र उत्पादनमा गिरावट आउँछ — जसले किसानलाई आर्थिक नोक्सानी पुर्‍याउँछ।
  • विशेषज्ञ डा. विजयकुमार श्रेष्ठका अनुसार रोग नियन्त्रणका लागि माउ कुखुरा र चल्लामा CAV विरुद्धको खोप लगाउनु सबैभन्दा प्रभावकारी उपाय हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’को सङ्क्रमण पुष्टि भएको छ। यहाँस्थित राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले पछिल्लो तीन महिनामा गरेको परीक्षणमा करिब ३३ प्रतिशत नमूनामा उक्त भाइरस देखिएको हो।

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार यो रोगले कुखुराको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता (इम्युनिटी) कम गराउँछ, जसले गर्दा अन्य रोगले सजिलै आक्रमण गर्छन्। सङ्क्रमित कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने र उत्पादन घट्ने जस्ता लक्षण देखिन्छन्, जसले किसानलाई आर्थिक रूपमा असर पार्छ।

नेपालमा दुई वर्षअघि पहिलोपटक देखिएको यो रोगबाट कुखुरालाई बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको खोप लगाउनु नै प्रभावकारी उपाय भएको डा. श्रेष्ठले बताए। उनले ब्रोइलर र लेयर्स दुवैको माउ तथा चल्लामा यो खोप लगाउन सुझाव दिएका छन्।

यो समाचारमा

काठमाडौँचितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। उनको सजाय भने अर्को पेसीमार्फत निर्धारण गरिने अदालतले जनाएको छ।अहिराजमाथि २०८१ जेठ ४ गते पीडितलाई कोठामा कोही नभएको मौका

    Data is loading...

    Loading brands...

    Loading footer...