आज देशभर जनै पूर्णिमा र रक्षाबन्धन धुमधामका साथ मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ साउन २४, शनिबार

34
Share
Featured
  • आज श्रावण शुक्ल पूर्णिमाको अवसरमा हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन पर्व मनाउँदै छन्।
  • यस पर्वमा जनै लगाउने र पुरानो जनै फेर्ने चलन छ, साथै दाजुभाइको हातमा दिदीबहिनीले राखी बाँध्ने चलन छ।
  • रक्षाबन्धनमा सप्तऋषिहरूको स्तुति गरिन्छ र यस पर्वले धार्मिक, सामाजिक महत्त्व बोकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने पवित्र पर्व रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीहरूले आज बिहानैदेखि नदी, ताल, तलाउमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र धारण गरिरहेका छन् भने तागाधारीहरूले नयाँ यज्ञोपवीत (जनै) फेरिरहेका छन्।

पौराणिक मान्यताअनुसार सत्ययुगमा दानवराज बलीलाई बाँध्न गुरु वृहस्पतिले तयार पारेको रक्षा विधानको सम्झनामा यो पर्व मनाइन्छ। गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भन्ने वैदिक मन्त्रोच्चारण गर्दै यजमानको दाहिने नाडीमा रक्षासूत्र (डोरो) बाँधिदिने गर्छन्। यसरी मन्त्रिएको डोरो धारण गर्नाले नकारात्मक तत्वबाट सुरक्षा मिल्ने र मनमा शुद्धता प्राप्त हुने विश्वास गरिन्छ।

आजको दिनलाई ऋषि तर्पणी पनि भनिन्छ। ब्राह्मण, क्षत्री र वैश्य वर्णका तागाधारीहरूले आजकै दिन आफ्नो जनै (यज्ञोपवीत) फेर्ने परम्परा छ। श्रावण शुक्ल चतुर्दशीदेखि नै चोखोनीतो गरी बसेका तागाधारीहरू आज बिहानै श्रावणी स्नान गरी सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) र अरुन्धतीलाई तर्पण दिन्छन्। त्यसपछि वैदिक विधिअनुसार मन्त्रिएको नयाँ जनै धारण गरिन्छ। ज्ञानको धागो मानिने जनैलाई ब्रह्मसूत्र पनि भनिन्छ।

यस अवसरमा बिहानैदेखि पशुपतिनाथ, वसन्तपुरको अशोकविनायक, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधामलगायत देशभरका मठमन्दिर र पवित्र स्थलहरूमा भक्तजनको घुइँचो लागेको छ।

तराईमा राखीको उल्लास

यसैगरी, नेपालको तराई क्षेत्रमा आजको दिनलाई दिदीबहिनी र दाजुभाइबीचको प्रेमको प्रतीक ‘राखी’ पर्वका रूपमा मनाइन्छ। दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर उनीहरूको दीर्घायु र प्रगतिको कामना गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई उपहार दिएर सधैँ रक्षा गर्ने वचन दिन्छन्।

क्वाँटीको परम्परा

जनै पूर्णिमाको अर्को महत्त्वपूर्ण सांस्कृतिक पक्ष क्वाँटी खाने परम्परा हो। विभिन्न एघार थरीका गेडागुडीलाई टुसा उमारेर बनाइएको क्वाँटीको रस खाँदा शरीरमा लागेको चिसो हट्ने र रोग प्रतिरोधात्मक क्षमता बढ्ने विश्वास छ। आयुर्वेदका चिकित्सकहरूका अनुसार वर्षायामको अन्त्यमा क्वाँटीको सेवन स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आलेखः ‘सफा सहर’को साख जोगाउन कठिन

    धरान (सुनसरी), ९ असारः धरान उपमहानगरपालिका –१५ का स्थानीय विनोद राई भन्नुहुन्छ, “गर्मी र वर्षाको समयमा फोहर दुर्गन्धित भएर चारकोसे जङ्गलको बाटो यात्रा गर्नै कठिन हुन्छ । त्यही फोहरबाट निस्किने झिँगा र लामखुट्टेका कारण घरमा बालबालिका बिरामी पर्ने जोखिम उच्च छ । कहिले फोहर जलाएको धुवाँले त कहिले दुर्गन्धले गर्दा बाटोमा

    Data is loading...

    Loading brands...

    Loading footer...