बहुविवाहलाई मान्यता दिने विधेयक सरकारले ल्याउँदैन : कानुमन्त्री चौरसिया

Author

सजिलो पत्रिका

२०८२ साउन २१, बुधबार १६:२७

20
Share
Featured

जवाफमा मन्त्री चौरसियाले समाजमा नकारात्मक असर पार्ने खालका कुनै पनि प्रावधानलाई सरकारले विधेयकमा स्थान नदिने बताए ।

बहुविवाहलाई मान्यता दिने गरी मुलुकी फौजदारी संहिता संशोधन गर्न लागिएको समाचार सार्वजनिक भएको थियो ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया ले बहुविवाहलाई मान्यता दिने कुनै पनि विधेयक सरकारले नल्याउने बताएका छन् ।

बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधनको मस्यौदा तयार गरिएको भन्दै सार्वजनिक समाचारका विषयमा सांसदले प्रश्न गरेका थिए । बुधबार (साउन २१) प्रतिनिधि सभा बैठकमा मन्त्री चौरसियाले सांसदका प्रश्नको जवाफ दिएका हुन् ।

जवाफमा मन्त्री चौरसियाले समाजमा नकारात्मक असर पार्ने खालका कुनै पनि प्रावधानलाई सरकारले विधेयकमा स्थान नदिने बताए । बहुविवाहलाई मान्यता दिने गरी मुलुकी फौजदारी संहिता संशोधन गर्न लागिएको समाचार सार्वजनिक भएको थियो ।

 “सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानका आधारमा आएको व्याख्याले आममानिसमा अन्योल र आक्रोश सिर्जना भएको छ,” उनले भने, “तर, समाजलाई नकारात्मक असर पार्ने बहुविवाहलगायत कुनै पनि विधेयक संसद्मा पेस हुँदैन ।”

उनले कार्यान्वयमा देखिएका समस्या र अनुभवका आधारमा मुलुकी अपराध संहिता, फौजदारी कार्यविधि संहिता, कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, देवानी संहिता र देवानी कार्यविधि संहितामा समयानुकूल सुधारका निम्ति सुझाव संकलन गरिएको भने स्वीकार गरे ।

“सुझावका आधारमा मस्यौदा पनि तयार पारिएको छ,” मन्त्री चौरसियाले भने, “यसका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा. आनन्दमोहन भट्टराई संयोजकत्वको अध्ययन समिति र तत्कालीन महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल संयोजकत्वको कार्यदलका प्रतिवेदनलाई आधार मानेर संशोधन अघि बढाइएको हो ।”

उनले सरकारले तयार गरेको मस्यौदा मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेर छलफल समेत गरिएको बताए । छलफलका क्रममा बहुविवाह, विवाहको उमेर, अग्रिम जमानत, राष्ट्रपतिबाट दिइने माफीजस्ता विषयमा थप अध्ययन आवश्यक देखिएको उनले जानकारी दिए । मन्त्रिपरिषद्को विधेयक समितिमा कानुनमन्त्री अध्यक्ष हुन्छन् ।

थप सुझावका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन हेर्ने सचिवको संयोजकत्वमा उपसमिति गठन गरिएको उनले बताए । उक्त उपसमितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयका प्रतिनिधि रहने उनले जानकारी दिए ।

“सरकारले ल्याउने विधेयक माननीय सांसदहरूले राखेका सुझावकै आधारमा परिमार्जन हुनेछ,” मन्त्री चौरसियाले थप प्रतिबद्धता जनाउँदै भने, “समाजलाई प्रतिकूल असर गर्ने कुनै विधेयक नआउने कुरा स्पष्ट पार्न चाहन्छु ।”

सांसदहरूका सुझाव, मिडियामा आएका विषय र सार्वजनिक बहसबाट प्राप्त सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै उनले त्यसले विधेयक परिष्कृत गर्न सहयोग पुग्ने बताए ।

यो समाचारमा

प्रतिनिधि सभाअजय कुमार चौरसियाकाठमाडौँ

ट्यागहरू

#कानुन, न्याय तथा संसदीय मामिलामन्त्री#बहुविवाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    sajilo patrika

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतद्वारा खारेज

    वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त, मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरू

    बजेट आश्रित तीन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण, आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुल्यो

    भर्खरै

    News Image

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    News Image

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    News Image

    बुधबारदेखि ग्यासका भरि सिलिण्डर बजार पठाइने

    News Image

    पर्यटक लोभ्याउँदै मुसिकोटको ‘ठूली दह’

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू