लोडसेडिङको सूचना निकाल्ने कर्मचारीलाई कारबाही, विवादास्पद अभिव्यक्तिले थप विवादमा शाक्य

Author

सजिलो पत्रिका

२०८२ साउन २१, बुधबार

65
Share
Featured
  • चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठले लोडसेडिङको सूचना सार्वजनिक गरेपछि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उनलाई सजायस्वरूप कावासोती सरुवा गरेका छन्।
  • श्रेष्ठको सरुवालाई प्राधिकरण नेतृत्वले आलोचना झेल्नु परेको घटनाका रूपमा हेरिएको छ, जसले प्राधिकरणभित्र असहिष्णुता देखाएको भन्दै चर्को आलोचना भएको छ।
  • शाक्यले सोलार र ब्याट्रीले माग धान्न सक्ने भए जलविद्युत आवश्यक नपर्ने भन्ने अभिव्यक्ति दिँदा जलविद्युत उद्यमीहरूको आलोचना खेपिरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले लोडसेडिङको तालिका सार्वजनिक गर्ने एक कर्मचारीलाई सरुवा गरेका छन्। गत साउन १० गते विद्युत कटौतीको सूचना निकालेर प्राधिकरण नेतृत्वलाई आलोचित बनाएको भन्दै चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठलाई सरुवा गरिएको हो। यो घटनासँगै शाक्यले जलविद्युतबारे दिएको एक अभिव्यक्तिले पनि उनलाई थप विवादमा तानेको छ।

प्राधिकरणको चनौली वितरण केन्द्रले गत साउन १० गते विद्युत आपूर्ति कटौती गर्ने सूचना सार्वजनिक गरेपछि देशव्यापी रूपमा लोडसेडिङ फर्किएको भन्दै प्राधिकरण नेतृत्वको चर्को आलोचना भएको थियो। आफूलाई असहयोग गरेको भन्दै कार्यकारी निर्देशक शाक्यले सजाय स्वरूप श्रेष्ठको सरुवा गरेको बुझिएको छ। श्रेष्ठलाई पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा सरुवा गरिएको छ।

यसैबीच, पछिल्लो समय एकपछि अर्को विवादित अभिव्यक्ति दिँदै आएका शाक्यले सोलार र ब्याट्रीले बिजुलीको माग पूरा गर्न सके जलविद्युतको पछि लाग्नुनपर्ने धारणा राखेर पुनः आलोचित बनेका छन्।

मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा उनले सोलार र ब्याट्रीले साँझ-बिहानको बिजुलीको माग धान्न सके जलविद्युतको पछि लागिरहनु नपर्ने अभिव्यक्ति दिएका थिए। "हामीलाई ऊर्जा कहाँबाट आयो भन्ने छैन, ब्याट्री र सोलारले माग पूरा हुन्छ भने हाइड्रोको पछि लाग्नुपर्छ भन्ने छैन," शाक्यले कार्यक्रममा भने, "दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुपर्‍यो।"

उनको यो अभिव्यक्तिको जलविद्युत उद्यमीहरूले आलोचना गरिरहेका छन्।

यो समाचारमा

हितेन्द्र देव शाक्यनेपाल विद्युत प्राधिकरणकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...