काठमाडौँ।
पूर्वराजाको समर्थनमा तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्यविरुद्धको अभियोग लागेका दुर्गा प्रसाद प्रसाईसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
राजावादी प्रदर्शन (चैत्र १५) गतेको प्रदर्शनमा घर जलाउने, सरकारी गाडी तोडफोड गर्नेजस्ता क्रियाकलापमा संलग्न रहेको अभियोगमा जिल्ला अदालत काठमाडौँले प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
जिल्ला अदालतको सो आदेशविरुद्ध दुर्गा प्रसाईँ, सुशील बराल, डण्डपाणि रेग्मी र सरोज गौतम (राजावादी) ले ६ असारमा उच्च अदालतमा पुनरावेदन दिएका थिए।
उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा बिहीबार सुनुवाइ सुरु भए पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ र शुक्रबार आज फेरि पेशी तोकिएको छ।
प्रसाईँ उक्त प्रदर्शनका मुख्य कमान्डरुका रूपमा प्रस्तुत भइरहेका छन् भने उनीमाथि राज्यविरुद्धको कसुरसहित ज्यानसम्बन्धी अभियोग पनि लागेको छ।