क्यालिफोर्नियामा अमेरिकी एफ-३५ लडाकु विमान दुर्घटना, पाइलटको सकुशल उद्धार

Author

सजिलो पत्रिका

२०८२ साउन १५, बिहिबार

35
Share
Featured
  • अमेरिकी नौसेनाको एफ-३५ लडाकु विमान क्यालिफोर्नियाको लेमुर एयर स्टेसन नजिक दुर्घटनाग्रस्त भएको हो।
  • पाइलटले समयमै विमानबाट बाहिर निस्किएर आफ्नो ज्यान बचाएका छन् र हाल उपचार भइरहेको छ।
  • अमेरिकी नौसेनाले दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको जानकारी दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकाको क्यालिफोर्नियामा अमेरिकी नौसेनाको एक एफ-३५ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। लेमुर नौसेना एयर स्टेसननजिकै भएको उक्त दुर्घटनामा पाइलटले भने विमानबाट समयमै बाहिर निस्किएर आफ्नो ज्यान बचाउन सफल भएका छन्।

अमेरिकी नौसेनाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट करिब ६४ किलोमिटर दक्षिणपश्चिममा रहेको एयर स्टेसनमा स्थानीय समयअनुसार साँझ ६:३० बजे विमान दुर्घटनामा परेको हो।

विज्ञप्तिमा जनाइएअनुसार, सकुशल बाहिर निस्कन सफल पाइलटलाई उपचारका लागि अस्पताल लगिएको छ र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...