बागमतीका मन्त्री खड्काले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर

Author

सजिलो पत्रिका

२०८२ साउन १३, मङ्गलबार

18
Share
Featured
  • खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले मंगलबार पदबाट राजीनामा दिएका छन्।
  • राजीनामापछि उनले मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्।
  • अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने कांग्रेस मन्त्रीहरूको संख्या पाँच पुगेको छ, जसले प्रदेश सरकारको संकट गहिरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामासमक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्रीविरुद्ध कांग्रेस संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेका बेला खड्काले राजीनामा दिएका हुन्।

राजीनामा दिएलगत्तै खड्काले मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर समेत गरेका छन्। योसँगै बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने कांग्रेसका मन्त्रीको संख्या ५ पुगेको छ, जसले प्रदेश सरकारको संकट थप गहिरिएको छ।

यो समाचारमा

बागमती प्रदेशबहादुर सिंह लामाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...