विकासशील राष्ट्रहरूको साझा अनुभव कृषिको ठूलो स्रोत हो: मन्त्री अधिकारी

Author

सजिलो पत्रिका

२०८२ असार ३२, बुधबार

17
Share
Featured
  • कृषि मन्त्री रामनाथ अधिकारीले विकासशील राष्ट्रहरूको साझा अनुभव कृषिको विकासको प्रमुख स्रोत भएको बताउँदै, एसिया र अफ्रिकाबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
  • उनले नेपालले ठूलो अलैंचीजस्ता उच्च मूल्यका उत्पादनमा ध्यान दिँदै प्रशोधन, मूल्य अभिवृद्धि र कृषि उद्यमशीलतामा लगानी बढाउनुपर्ने बताए।
  • भियतनामका उप-कृषि मन्त्रीसँगको भेटमा कृषि व्यापार, पोस्ट-हार्वेस्ट प्रविधि, डिजिटलाइजेसन, जलवायु-स्मार्ट कृषि र युवा तालिममा सहकार्य गर्ने सहमति भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि सबैभन्दा ठूलो स्रोत हुनसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा भियतनामको हनोईमा आयोजित एक उच्च-स्तरीय अन्तर्राष्ट्रिय कार्यक्रममा उनले एसिया र अफ्रिकाका देशहरूबीच कृषि विकासका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिए।

‘एक देश एक प्राथमिक उत्पादन’ पहलसम्बन्धी दुई दिने अन्तर-क्षेत्रीय संवादमा सहभागी हुँदै मन्त्री अधिकारीले प्राथमिकतामा परेका कृषि उत्पादनहरूको विकास र व्यवसायीकरणका लागि अनुभव आदानप्रदान र सहकार्य महत्त्वपूर्ण हुने धारणा राखे। कार्यक्रममा एसिया र अफ्रिकाका कृषिमन्त्री तथा वरिष्ठ सरकारी प्रतिनिधिहरूको सहभागिता थियो।

"जलवायु परिवर्तनको असर र बजारको समस्या बढ्दै गएको अहिलेको समयमा, विकासशील राष्ट्रहरूको साझा अनुभव नै सबैभन्दा ठूलो स्रोत हुन सक्छ," मन्त्री अधिकारीले भने। उनले नेपालले ठूलो अलैंची जस्ता उच्च मूल्ययुक्त उत्पादनमा ध्यान केन्द्रित गरेको बताउँदै यसको प्रशोधन, मूल्य अभिवृद्धि तथा कृषि उद्यमशीलतामा थप लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए।

नेपाल र भियतनामबीच कृषि सहकार्यमा छलफल

कार्यक्रमकै अवसरमा मन्त्री अधिकारीले भियतनामका उप-कृषि तथा ग्रामीण विकास मन्त्री होआङ त्रुङसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा दुई देशबीच कृषि व्यापार विस्तार, प्राविधिक सहकार्य र संयुक्त अनुसन्धानका विषयमा महत्त्वपूर्ण छलफल भयो।

छलफलमा जडीबुटी तथा मसला जस्ता विशेष कृषि उत्पादनहरूको व्यापार प्रवद्र्धन, पोस्ट-हार्वेस्ट प्रविधि, कृषि डिजिटलाइजेसन, जलवायु-स्मार्ट कृषिमा प्राविधिक सहकार्य गर्ने र युवा उद्यमशीलता एवं कृषि व्यवसाय तालिम आदान-प्रदान गर्ने लगायतका विषयमा सहमति भएको मन्त्री अधिकारीले जानकारी दिए।

यो समाचारमा

भियतनामरामनाथ अधिकारीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण गरिँदै, सेवा थप सहज हुने

    काठमाडौँ।सरकारले राहदानी (पासपोर्ट) सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउन आगामी सोमबारदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले यसका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, नयाँ प्रणाली लागू भएपछि राहदानी वितरण प्रक्रिया थप व्यवस्थित हुनेछ। छापिएका राहदानीहरूलाई

    Data is loading...

    Loading brands...

    Loading footer...