भाटभटेनीद्वारा निर्मित साढे ९ करोडको भवन शिक्षण अस्पताललाई हस्तान्तरण

Author

सजिलो पत्रिका

२०८२ असार ३०, सोमबार

28
Share
Featured
  • भाटभटेनी समूहले ९ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरेको 'EHS' भवन टिचिङ अस्पताललाई प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हस्तान्तरण गरे।
  • अध्यक्ष मीनबहादुर गुरुङले यो भवन आफ्ना दिवंगत आमाबुबाको स्मृतिमा निर्माण गरी सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको बताएका छन्।
  •  यो भवनले स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने र निजी क्षेत्रको सक्रियतालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भाटभटेनी समूहले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लाई ९ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरेको अत्याधुनिक भवन हस्तान्तरण गरेको छ। सोमबार अस्पताल परिसरमा आयोजित एक विशेष कार्यक्रममा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको समुपस्थितिमा उक्त भवन अस्पताललाई हस्तान्तरण गरिएको हो।

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले आफ्ना स्वर्गीय पिता वृषबहादुर गुरुङ र माता धनमाया गुरुङको स्मृतिमा ‘ईएचएस’ भवन निर्माण गरी हस्तान्तरण गरिएको बताएका छन् ।।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न भाटभटेनी समूह सधैं अग्रपंक्तिमा रहेर देश र जनताको सेवा गर्न तयार रहेको बताए। उनले भने, "हामीले सरकारले केही गर्छ कि भनेर आशामा नबसी सामाजिक उत्तरदायित्व अन्तर्गत यो सेवा गरेका हौं।"

यो हस्तान्तरणले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको योगदानलाई थप मजबुत बनाएको छ। नयाँ भवनले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउने अपेक्षा गरिएको छ।

यो समाचारमा

काठमाडौँमिन बहादुर गुरुङखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    काठमाडौं । करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि सरकारले नयाँ मापदण्ड ल्याएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सात बुँदे निर्देशन जारी गर्दै करार कर्मचारी व्यवस्थापनमा कडाइ गरेको हो । सो निर्णय कार्यान्वयनका लागि सम्पूर्ण मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई पत्राचार समेत गरिएको छ ।लागु हुन

    Data is loading...

    Loading brands...

    Loading footer...