एयर इन्डिया दुर्घटनाको कारण : दुवै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि दुर्घटना

Author

सजिलो पत्रिका

२०८२ असार २८, शनिबार

42
Share
Featured

रिपोर्टमा भनिएको छ कि फ्लाइट एआई–१७१ विमान दुर्घटनाग्रस्त हुनुभन्दा पहिले, दुई इन्जिनको इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू एक अर्काको एक सेकेन्ड भित्र बन्द भएका थिए ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर इन्डियाको विमान दुर्घटनाको भएको प्रारम्भीक कारण खुलेको छ ।

भारतीय विमान दुर्घटना अनुसन्धान ब्यूरो (एबीआई) ले शनिबार जारी गरेको प्रारम्भिक अनुसन्धान रिपोर्टले यस्तो देखाएको हो । हालै दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको दुवै इन्जिन उडान भरेको केही सेकेन्डमै बन्द भएको थियो ।


रिपोर्टमा भनिएको छ कि फ्लाइट एआई–१७१ विमान दुर्घटनाग्रस्त हुनुभन्दा पहिले, दुई इन्जिनको इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू एक अर्काको एक सेकेन्ड भित्र बन्द भएका थिए ।

जसले गर्दा विमान इन्जिनहरूले काम गर्न बन्द गरेका थिए । ककपिट भ्वाइस रेकर्डरले देखाउँछ कि एक पाइलटले सोधे, “तपाईंले किन बन्द गर्नु भयो?“ र अर्को पाइलटले जवाफ दिन्छ, “मैले गरेको होइन् ।“


दुर्घटना रिपोर्टले यो पनि देखाएको छ कि दुबै स्विचहरू “सामान्य“ स्थितिमा फिर्ता सारिएको थियो र इन्जिन १ ले रिकभरीको संकेत देखाए पनि, तर इन्जिन २ ले गर्न सकेन् ।

“विमानस्थलबाट प्राप्त सीसीटीभी फुटेजमा लिफ्ट–अफ पछि तुरुन्तै प्रारम्भिक आरोहणको समयमा राम एयर टर्बाइन तैनाथ गरिएको देखाइएको छ । उडान मार्गको वरपर कुनै पनि उल्लेखनीय चराहरुको गतिविधि देखिएको छैन् । विमानस्थलको परिधिको पर्खाल पार गर्नु अघि विमानले उचाइ गुमाउन थालेको रिपोर्टमा उल्लेख छ ।


लन्डन जाने एयर इन्डियाको विमान, बोइङ ७८७–८ ड्रीमलाइनर, जुन १२ मा अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । जुन भारतको पश्चिमी राज्य गुजरातको राजधानी शहर गान्धीनगरबाट लगभग १७ किलोमिटर दक्षिणमा थियो । जसमा २४२ जना मध्ये एक जना बाहेक सबैको मृत्यु भयो र १९ जना जमिनमा थिए ।



यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...