रियललाई हराउँदै पीएसजी फाइनलमा

Author

सजिलो पत्रिका

२०८२ असार २६, बिहिबार

51
Share
Featured
  • रियल मड्रिडलाई ४-० ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब विश्वकपको फाइनलमा पुगेको छ।
  • पीएसजीका तर्फबाट फेबियन रुईजले दुई गोल, ओसामाने डेम्बेले र गोन्कालो रामोसले एक–एक गोल गरे।
  • अब पीएसजीले उपाधिका लागि आइतबार चेल्सीसँग खेल्नेछ, जसले फ्लुमिनेन्सलाई २-० ले हराउँदै फाइनल यात्रा तय गरेको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

फिफा क्लब विश्वकपको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र चेल्सी भिड्ने भएका छन्। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा रियल मड्रिडविरुद्ध ४-० को फराकिलो जित निकाल्दै पीएसजी क्लब विश्वकपको उपाधि नजिक पुगेको हो।

पीएसजीको जितमा फेबियन रुईजले दुई तथा ओसामाने डेम्बेले र गोन्कालो रामोसले समान एक गोल गरे।

एकपक्षीय खेलको नवौँ मिनेटमा पीएसजीले २-० ले अग्रता बनाएको थियो। पहिलो हाफको छैटौँ मिनेटमा रुइजको गोलमा पीएसजीले सुरुवाती अग्रता बनाएको थियो।

नवौँ मिनेटमा डेम्बेलेले अग्रता दोब्बर पारे। खेलको डेम्बेलेले व्यक्तीगत दोस्रो गोल गर्दा पिएसजीका लागि तेस्रो गोल गरे।

पहिलो हाफमा नै ३-० को अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ८७ मिनेटमा रामोसको गोलमा पीएसजीले रियलविरुद्ध ४-० को फराकिलो जित दर्ता गरेको हो।

पीएसजीले अब उपाधिका लागि आइतबार चेल्सीसँग खेल्नेछ। चेल्सी पहिलो सेमिफाइनलमा फ्लुमिनेन्सलाई २-० ले हराउँदै क्लब विश्वकपको फाइनलमा पुगेको हो। 

यो समाचारमा

पेरिसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...