विद्यालयमै आत्मरक्षा सिकाउने प्रशिक्षकद्वारा छात्रा बलात्कृत, उजुरीपछि आरोपी फरार

Author

सजिलो पत्रिका

२०८२ असार २५, बुधबार

29
Share
Featured
  • विद्यालयमै आत्मरक्षा तालिम दिँदै आएका प्रशिक्षकले छात्रालाई बलात्कार गरेको गम्भीर आरोप लागेको छ।
  • जाहेरी दर्ता भएपछि घिमिरे फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

कैलालीको एक विद्यालयमा आत्मरक्षाको तालिम दिँदै आएका प्रशिक्षकले नै १३ वर्षीया छात्रालाई बलात्कार गरेको गम्भीर आरोप लागेको छ। पीडित परिवारले इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीमा किटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो।

त्रिनगर माध्यमिक विद्यालयमा तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत धनगढी उपमहानगरपालिका–४ का पृथ्वीराज घिमिरेले सोही विद्यालयमा अध्ययनरत बालिकालाई ललाईफकाई पटक–पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ।

प्रहरीका अनुसार, घिमिरेले पछिल्लो पटक बालिकालाई ‘घुम्न जाऔं’ भन्दै पुनर्वास नगरपालिकाको आईबीआरडीस्थित तेक्वान्दो दोजाङ (तालिम केन्द्र) को कार्यालयमा लगेर जबरजस्ती करणी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले घटनाबारे उजुरी दर्ता भएको पुष्टि गरे। डीएसपी बोहराका अनुसार, घटना बाहिरिनुअघि नै बालिकाले आफूमाथि निरन्तर यौन दुर्व्यवहार भइरहेको कुरा आफ्नी आमालाई जानकारी गराएकी थिइन्।

जाहेरी दर्ता भएलगत्तै प्रशिक्षक घिमिरे फरार भएका छन् र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँधनगढी उपमहानगरपालिकाकैलालीपुनर्वास नगरपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    Data is loading...

    Loading brands...

    Loading footer...