प्रतिनिधि सभा कार्यव्यव्यस्था परामर्श समितिको बैठक जारी

Author

सजिलो पत्रिका

२०८२ असार २३, सोमबार

35
Share
Featured
  • सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति सोमबार मध्याह्नदेखि बैठकमा बसिरहेको छ।
  • बैठकले दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार मध्याह्न प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ। 

बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। 

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिनेसहितका कार्यसूची तय भएका छन्। 

बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने सम्भावित कार्यसूची पनि राखिएको छ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीकाठमाडौँदेवराज घिमिरेस्पेन
राष्ट्रिय सभा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...