निर्माण सम्पन्न नहुँदै भत्कियो २२ करोडको तामाकोशी पुल

Author

सजिलो पत्रिका

२०८२ असार ०८, आइतबार

91
Share
Featured
  • रामेछापको मन्थलीमा तामाकोशी नदीमाथि निर्माणाधीन पक्की पुलको एउटा स्ल्याव आइतबार बिहान भाँचिएर खस्यो, जुन यसअघि वैशाख २६ गते नै क्र्याक परेको थियो।
  • कालिका–कल्पवृक्ष जेभीले ‘डिजाइन एण्ड विल्ड’ मोडलमा २२ करोड ५५ लाख लागतमा पुल निर्माण गरिरहेको थियो, जसको लम्बाइ २३० मिटर र चौडाइ ११ मिटर हो।
  • स्थानीयले कमजोर निर्माण र टालटुल प्रवृत्तिका कारण पुल भत्किएको आरोप लगाएका छन्, हालसम्म आंशिक भुक्तानी भइसकेको र पुल असारमै जिम्मा लगाउने तयारी भए पनि अब समयमै निर्माण अपूर्ण रहने निश्चित भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रामेछापको मन्थली नगरपालिका, रामेछाप–६ कुनाउरी र वडा नं ७ भटौली ठेडिखोला जोड्ने तामाकोशी नदीमाथिको निर्माणाधीन पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ। आइतबार बिहान पुलको एउटा स्पानको स्ल्याब पूर्ण रूपमा भत्केर खसेको हो, जसले निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ।

प्राप्त जानकारी अनुसार, पुलको उक्त भागमा गत वैशाख २६ गते नै दरार (क्र्याक) देखिएको थियो। निर्माण कम्पनीले सोही चर्किएको भागलाई टालटुल गरिरहेको अवस्थामा आइतबार बिहान स्ल्याब पूर्ण रूपमा भाँचिएर भुइँमा खसेको स्थानीय पाण्डव प्रसाईँले जानकारी दिए।

"पहिले चर्किएको भागलाई प्राविधिक र निर्माण कम्पनीको मिलेमतोमा टालटुल पारेर हस्तान्तरण गर्ने प्रयास भएको थियो, तर त्यो टिकेन," प्रसाईँले भने, "आज बिहान पुलको बीचको एक खण्ड पूरै भाँचिएर झर्‍यो।"


सडक विभागको पुल शाखाले आर्थिक वर्ष २०७८/७९ मा 'डिजाइन एण्ड विल्ड' मोडलमा यो पुल निर्माणको ठेक्का लगाएको थियो। कालिका-कल्पवृक्ष जेभीले निर्माणको जिम्मा पाएको २३० मिटर लामो र ११ मिटर चौडा यस पुलको लागत मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँ रहेको छ। निर्माण कम्पनीले हालसम्म उल्लेख्य प्रतिशत भुक्तानी समेत लिइसकेको बताइएको छ।

पुल निर्माणको सम्झौता अवधि २०८२ साल भदौ मसान्तसम्म भए पनि निर्माण कम्पनीले यसै असार मसान्तभित्र काम सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी गरेको थियो। तर, निर्माण नसकिँदै पुल भत्किएपछि स्थानीयको सपनामा तुषारापात भएको छ। यो पुलले मन्थलीका दुई वडालाई सिधा जोड्नुका साथै खाँडादेवी, दोरम्बा शैलुङ र सुनपाति गाउँपालिका जाने छोटो दूरीको मार्ग खोल्ने अपेक्षा गरिएको थियो।

यो समाचारमा

रामेछापकाठमाडौँमन्थली नगरपालिका, रामेछाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपाल बैंक धुञ्चे शाखाको सामाजिक कार्य : रसुवाका ७ दुर्गम विद्यालयका ९२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

    रसुवा । नेपाल बैंक लिमिटेड धुञ्चे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पहिलोपटक दुर्गम क्षेत्रका सात विद्यालयका ९२ जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाउने उद्देश्यले  पहिलोपटक रसुवाका सामुदायिक विद्यालयका छात्रछात्रालाई पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको शाखा प्रबन्धक कृष्ण तामाङले जानकारी दिए ।बैंकले भीमली

    Data is loading...

    Loading brands...

    Loading footer...