टिप्स/जानकारी

चिसोको तलतल कि मधुमेहको जोखिम? 'एक गिलास' ले निम्त्याउँदैछ गम्भीर खतरा

Author

सजिलो पत्रिका

२०८२ असार ०७, शनिबार

29
Share
Featured
  • चिसो पेय सामाजिक चलन बनेको छ, तर यसको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
  • सोडामा अत्यधिक चिनीले वजन, इन्सुलिन प्रतिरोध र मधुमेहको जोखिम बढाउँछ।
  • अनुसन्धानले सोडा सेवनले आन्द्राको ब्याक्टेरिया प्रणालीमा नकारात्मक परिवर्तन ल्याउने देखाएको छ।
  • मधुमेहको जोखिमबाट जोगिन पानी वा कम चिनी भएको विकल्प रोज्न सिफारिस।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

गर्मीको उकुसमुकुस होस् वा कुनै उत्सव, एक गिलास चिसो पेयले दिने सन्तुष्टि बेग्लै हुन्छ। चाडपर्व, जन्मदिनदेखि सराद्धेसम्म कोक, पेप्सी, फ्यान्टाजस्ता पेय हाम्रो सामाजिक जीवनको अभिन्न अंगजस्तै बनेका छन्। तर, के तपाईंलाई थाहा छ, यो क्षणिक आनन्दले तपाईंको स्वास्थ्यमा, विशेषगरी मधुमेहको जोखिममा, गहिरो र दीर्घकालीन असर पारिरहेको हुन सक्छर ?

के हो चिसो पेयको असर ?

साधारण भाषामा, चिसो पेय पदार्थ भनेको चिनी, पानी र सोडाको मिश्रण हो, जसमा स्वाद र रङ मिसाइन्छ। यसमा भएको चिनी सजिलै शरीरमा अवशोषित हुन्छ भने सोडाले तौल बढाउने, इन्सुलिन प्रतिरोध  गराउने र रगतमा बोसोको मात्रा बढाउने जस्ता समस्या निम्त्याउँछ।

आन्द्राको स्वास्थ्यमा गम्भीर असर

हालैका वैज्ञानिक अध्ययनहरूले चिसो पेयले हाम्रो आन्द्रामा रहेका करोडौँ फाइदाजनक ब्याक्टेरियाको सन्तुलन बिगार्ने तथ्य बाहिर ल्याएका छन्।

सेल मेटाबोलिजम जर्नलमा प्रकाशित एक नयाँ अध्ययनअनुसार, चिनीयुक्त पेय पदार्थको सेवनले आन्द्रामा ९ प्रकारका विशेष ब्याक्टेरियाको स्तर बढाउँछ। यी ब्याक्टेरियाले खाना पचाउँदा उत्पादन गर्ने केही रासायनिक तत्वले शरीरमा टाइप-२ मधुमेहको जोखिम बढाउने, रगतमा चिनीको मात्रा बढाउने, बी.एम.आई. बढाउने र राम्रो कोलेस्ट्रोलको मात्रा घटाउने काम गर्छन्।

अन्य अध्ययनहरूले पनि सोडामा पाइने फ्रुक्टोज र ग्लुकोजले आन्द्राका ‘राम्रा’ ब्याक्टेरियाको विविधता घटाउने, स्वास्थ्यलाई फाइदा पुर्‍याउने फ्याटी एसिडको उत्पादन कम गर्ने र शरीरमा सुन्निने प्रक्रिया बढाउने ब्याक्टेरियाको मात्रा बढाउने देखाएका छन्।

मधुमेहसँगको सीधा सम्बन्ध

अध्ययनहरूले सोडा पिउने व्यक्तिहरूको रगतमा हानिकारक ब्याक्टेरियल मेटाबोलाइटहरू पाइएको निष्कर्ष निकालेका छन्, जसले स्वास्थ्यमा प्रत्यक्ष हानी पुर्‍याउँछ। यसले स्पष्ट पार्छ कि सोडा र टाइप-२ मधुमेहबीच गहिरो सम्बन्ध छ।

अब चिसोको तलतल भएमा के गर्ने ?

चिसो पेयको तलतल लाग्नु स्वाभाविक हो, तर स्वास्थ्यभन्दा ठूलो केही होइन। उत्तम विकल्प पानी होस् तिर्खा मेटाउन र शरीरलाई स्वस्थ राख्न पानी नै सबैभन्दा उत्तम विकल्प हो। फिज्जी पेयको चाहना भएस् यदि तपाईंलाई फिँज आउने पेय नै पिउन मन छ भने, चिनी नभएको वा कम भएको स्पार्कलिङ वाटर रोज्न सक्नुहुन्छ।

नियन्त्रण नै समाधान होस् चिसो पेयलाई पूर्ण रूपमा त्याग्न नसके पनि यसको सेवनलाई सकेसम्म नियन्त्रण गर्नुहोस्। यसलाई दैनिक बानी बन्नबाट रोक्नुहोस्।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...