चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ असार ०७, शनिबार

121
Share
Featured
  • दुर्घटनामा ७ जनाको मृत्यु, ८ घाइते — चितवनको राप्ती नगरपालिका–४ डडुवामा इभी माइक्रोबस र यात्रुबाहक बस ठोक्किँदा ७ जनाको मृत्यु र ८ जना घाइते भएका छन्।
  • प्रभावित अधिकांश माइक्रोबसका यात्रु — मृतक र घाइतेहरू प्रायः माइक्रोबसमा सवार यात्रुहरू हुन्। गम्भीर घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
  • कारण तीव्र गति वा ब्रेक फेल — प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गति वा ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सामान्य छ।
समाचार सारांशGenerated using AI.

चितवन । 

राप्ती नगरपालिका–४ डडुवामा इभी माइक्रोबस र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। मृत्यु हुनेमा एक जना गर्भवतीसहित पाँच जना महिला र दुई जना पुरूष छन्।  

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसले भरतपुरतर्फ आउँदै गरेको माइक्रोलाई ठक्कर दिएको हो। अधिकांश घाइते र मृतक माइक्रोमा सवार थिए। घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति र ब्रेक फेल दुर्घटनाको सम्भावित कारण मानिएको छ। घटनापछि केहीबेर सडक अवरुद्ध भए पनि अहिले यातायात सुचारु भइसकेको छ।










ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण गरिँदै, सेवा थप सहज हुने

    काठमाडौँ।सरकारले राहदानी (पासपोर्ट) सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउन आगामी सोमबारदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले यसका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, नयाँ प्रणाली लागू भएपछि राहदानी वितरण प्रक्रिया थप व्यवस्थित हुनेछ। छापिएका राहदानीहरूलाई

    Data is loading...

    Loading brands...

    Loading footer...