बजेटप्रति असन्तुष्टि: सांसद थापाले संसदभित्रै च्याते बजेट किताब

Author

सजिलो पत्रिका

२०८२ असार ०५, बिहिबार

52
Share
Featured
  • नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै संसदमा बजेट पुस्तक च्याते।
  • उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेख लगायतका क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाए।
  • बजेट जनउत्तरदायी नभएको भन्दै विरोध जनाउँदा संसद बैठक केहीबेर तनावग्रस्त बनेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद अम्मर बहादुर थापाले आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदमा बजेट पुस्तक च्यातेका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा उनले विरोधस्वरुप उक्त कार्य गरेका हुन्।

सांसद थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेखलगायत देशका विभिन्न भूभागका जनतालाई बेवास्ता गरेको आरोप लगाए। उनले समग्र बजेट नै जनताको पक्षमा नरहेको टिप्पणी गर्दै भने, "जनताबाट उठाइएको राजस्व जनतामै खर्च हुनुपर्ने हो, तर यो बजेट जनउत्तरदायी छैन।"

बजेटले जनताको अपेक्षा र आवश्यकतालाई बेवास्ता गरेको भन्दै उनले विरोध प्रदर्शन गरेका हुन्। उनको यस कार्यपछि संसद् बैठक केहीबेर तनावग्रस्त बनेको थियो।

यो समाचारमा

दैलेखअम्मर बहादुर थापाभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयप्रतिनिधि सभा
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...