काठमाडौँ,असार ४ ।
संसदमा जारी गतिरोध अन्त्य गर्ने र महत्वपूर्ण विधेयकहरू अघि बढाउने विषयमा छलफल गर्न सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रमुख दुई दलका शीर्ष नेताहरू सहभागी छन्।
बैठकमा संसद्को अवरोध हटाएर सहज सञ्चालन गर्ने र पारित हुने क्रममा रहेका विभिन्न विधेयकहरूलाई सहमतिका आधारमा टुंगोमा पुर्याउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।
बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबा, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का र महामन्त्री गगन थापा सहभागी हुनुहुन्छ।
त्यसैगरी, छलफलमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवार ऊर्जामन्त्री दिपक खड्का लगायतका नेताहरूको पनि उपस्थिति रहेको छ।