आज प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित गरिने

Author

सजिलो पत्रिका

२०८२ असार ०३, मङ्गलबार

51
Share
Featured
  • प्रतिनिधिसभा बैठक आज १ः०० बजे बस्दैछ, जसमा सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरी पारित गर्ने कार्यसूची छ।
  • राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि निर्धारण गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ०३ । 

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ। आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो।

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ। लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो। 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ।

यो समाचारमा

राज कुमार गुप्ताप्रतिनिधि सभारामहरि खतिवडाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...