अत्यधिक गर्मीका कारण बर्दिवासमा तीन दिन विद्यालय बन्द

Author

सजिलो पत्रिका

२०८२ असार ०२, सोमबार ०७:५१

41
Share
Featured
  • असार १ देखि ३ गतेसम्म बर्दिवास नगरका सबै विद्यालय (सामुदायिक, संस्थागत, धार्मिक) अत्यधिक गर्मी र लुका कारण बन्द रहने।
  • ४०–४२ डिग्रीसम्मको तापक्रमले विद्यार्थी, विशेषगरी साना बालबालिकाको स्वास्थ्यमा खतरा देखिएपछि पठनपाठन रोकिएको।
  • बन्द भएको समय शैक्षिक सत्र २०८२ को वर्षे बिदाबाट कट्टा गरिने नगरपालिकाले स्पष्ट पारेको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ, असार ०२ । 

विगत केही दिनदेखि बढेको अत्यधिक गर्मी र तातो हावाका कारण को बर्दिबास नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै नगरपालिकाले असार १ गतेदेखि ३ गतेसम्म पठनपाठन बन्द गराएको हो।

बर्दिवास नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा यो बिदा शैक्षिक सत्र २०८२ को वर्षे बिदाबाट कट्टा हुने गरी मिलाइने उल्लेख छ।

पछिल्लो दुई सातादेखि महोत्तरी जिल्लाको तापक्रम ४० देखि ४२ डिग्री सेल्सियससम्म पुगेपछि जनजीवन प्रभावित बनेको छ। विशेषगरी, प्रचण्ड गर्मीका कारण साना बालबालिकाहरू बढी जोखिममा परेपछि नगरपालिकाले तत्कालका लागि विद्यालय बन्द गर्ने निर्णय लिएको हो।

यो समाचारमा

बर्दिबास नगरपालिकाकाठमाडौँ

ट्यागहरू

#बन्द#बर्दिवास नगरपालिका#अधिकृत रेवतीप्रसाद पराजुली#मधेस प्रदेश#जनजीवन प्रभावित#विद्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    sajilo patrika

    मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

    आत्मदाह प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा काठमाडौंमा मृत्यु

    प्रतिपक्षको अवरोधपछि मधेश प्रदेशसभामा नयाँ मोड, बजेट विवाद मिलाउन सांसदहरूको कार्यदल गठन

    धनुषा–सिरहा जोड्ने झोलुंगे पुलले बढाायो पर्यटकीय चहलपहल, भारतीय पर्यटकको समेत आकर्षण

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू