प्रतिनिधिसभा बैठक आधा घण्टा सर्‍यो, बजेटमाथिको छलफल र विपक्षीको अवरोधको तयारी

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार

37
Share
Featured
  • बिहान ११ बजेका लागि तय गरिएको बैठक दलहरूको आन्तरिक छलफलका कारण साढे ११ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।
  • आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची छ, तर गृहमन्त्रीविरुद्ध छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरोध गर्ने तयारी गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ०१ ।  

प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक आधा घण्टा पछि सरेको छ। दलहरूको आन्तरिक छलफलका कारण बैठक सारिएको हो। बिहान ११ बजेका लागि बोलाइएको बैठक अब साढे ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथिको सामान्य छलफल प्रारम्भ गर्नु रहेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ बैठकमा पेस गर्ने कार्यसूची छ। साथै, राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ पनि टेबुल गरिनेछ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले भने विरोध जनाउँदै आएका छन् । माग गर्दै संसद् अवरोध गर्दै आएको छ। कांग्रेसले आज पनि आफ्नो माग कायमै राख्दै विरोध गर्ने तयारी गरेको छ।

यो समाचारमा

विष्णुप्रसाद पौडेलरामहरि खतिवडाराष्ट्रिय सभाप्रतिनिधि सभा
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...