मेराविरुद्ध नियोजित ढंगले राजनीतिक आक्रमण गर्ने प्रयत्न भयो: गृहमन्त्री लेखक

Author

सजिलो पत्रिका

२०८२ जेठ ३०, शुक्रबार

16
Share
Featured
  • राजनीतिक आक्रमणको आरोप: गृहमन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक राजनीतिक आक्रमण गरिएको दाबी गरेका छन्।
  • भिजिट भिसा प्रकरणमा असम्बद्धता: उनले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गर्दै, सामाजिक सञ्जालमा आएका अभिव्यक्तिहरू असत्य भएको बताएका छन्।
  • आयोगको सोधपुछबारे जानकारी: भिजिट भिसा सम्बन्धमा आयोगले सहसचिव तिर्थराज भट्टराईलाई बोलाएको विषयमा सञ्चारमाध्यममार्फत मात्रै थाहा पाएको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरुमा कुनै सत्यता नभएको दाबी गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधि सभा को बैठकमा बोल्दै उनले आफ्ना विरुद्धमा नियोजित , षड्यन्त्रपूर्वक ढंगले र  राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको बताए । 

उनले भने,‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगले राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको छ । जसलाई सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु ।’

त्यस्तै उनले भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएर सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै यसमा आफ्नो कुनै संलग्नता नरहेको बताए । 

‘कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । यसमा मेरो पनि संलग्नता छ भनेर सामाजिक सञ्जालमा आएको हो । ति अभिव्यक्तिमा कुनै सत्यता छैन् । उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन् ।’  


यो समाचारमा

काठमाडौँप्रतिनिधि सभारमेश लेखक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...