वीरगञ्जमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एक गम्भीर

Author

सजिलो पत्रिका

२०८२ जेठ ३०, शुक्रबार

132
Share
Featured
  • पर्साको वीरगञ्जमा मोटरसाइकल भारतीय ट्रकमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ र एकजना गम्भीर घाइते भएका छन्।
  • दुर्घटनामा परेका ट्रक चालक फरार भएको छ, र प्रहरीले उनको खोजी कार्य जारी राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ, जेठ ३० । 

को वीरगञ्जमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी दुईजना युवकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा रोकिराखेको भारतीय ट्रकमा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। बिहान करिब ५ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार छिपहरमाई गाउँपालिका–३ झलमहियाका २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादवको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका सोही मोटरसाइकलमा सवार २२ वर्षीय विजयकुमार यादवको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, बा.प्र.०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल, भुस लोड गर्न रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको पछाडिपट्टि ठोक्किएको थियो।

दुर्घटनालगत्तै ट्रक चालक फरार भएका छन्। प्रहरीले घटनास्थलमा ट्रक छाडेर फरार भएका चालकको खोजी कार्य जारी राखेको जनाएको छ।

यो समाचारमा

वीरगञ्ज महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषा–सिरहा जोड्ने झोलुंगे पुलले बढाायो पर्यटकीय चहलपहल, भारतीय पर्यटकको समेत आकर्षण

    धनुषा । धनुषार सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै दोस्रो लामो झोलुंगे पुल सञ्चालनमा आएपछि त्यस क्षेत्र पर्यटक गन्तव्यस्थलका रूपमा विकास र विस्तार भएको छ ।पुल निर्माणपछि पछिल्लो समय दुवै जिल्लाका स्थानीयलाई एक अर्को जिल्लामा आवतजावत गर्न समेत सहज भएको छ । कमला नदीमाथिको झोलुंगे पुलबाट त्यस वरपरको मनमोहक

    Data is loading...

    Loading brands...

    Loading footer...