अनुसन्धान र अभियोजनलाई प्रविधिमैत्री र प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

Author

सजिलो पत्रिका

२०८२ जेठ ३०, शुक्रबार

26
Share
Featured
  • प्रधानमन्त्रीको आग्रह: अनुसन्धान र अभियोजनलाई प्रविधिमैत्री, प्रमाणमा आधारित र त्रुटीरहित बनाइ न्याय प्रणालीलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको जोड।
  • सरकारी प्रतिबद्धता: सरकारले आवश्यक स्रोत, साधन र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै सम्मेलनमार्फत न्याय प्रणाली सुधारमा छलफल र घोषणापत्र जारी हुने
समाचार सारांशGenerated using AI.

काठमाडौँ, जेठ ३० । 

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिमैत्री र प्रमाणमा आधारित बनाएर फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । 

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धानज र अभियोजन गर्न आग्रह गरेका हुन् । 

‘समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मनवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसका लागि उचित स्रोत, साधानसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो रहेको छ । ती सामग्री र अवसर दिलाउन सरकार प्रतिबद्ध रहेको छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शीता हुनुपर्छ । सुविधा पुुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिनेछ ।’

अपराधिले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँ नयाँ प्रविधिसहित स्रोत साधनसम्पन्न हुनुुपर्ने र प्रहरीको त्रृटीरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

गृहमन्त्री रमेश लेखक, महान्याधिवक्ता रमेश बडालसहित सहभागी सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत प्रबन्धमार्फतसमान अधिकार र अवसर दिन तथा विकास, सुव्यवस्था र सुशासनका पक्षहरुमा ध्यान दिँदै दोषीलाई कारवाही र पीडितलाई न्याय दिने काममा लाग्न सबैलाई आग्रह पनि गरे । 

कार्यक्रममा गृहमन्त्री रमेश लेखक र महान्यायाधिवक्ता रमेश बडालको पनि उपस्थिति रहेको थियो। प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित दुई दिने सम्मेलनले फौजदारी न्याय प्रशासनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरी निष्कर्षसहितको घोषणापत्र जारी गर्नेछ।

यो समाचारमा

रमेश लेखककाठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...