भ्याट विवरण नबुझाउँदा नेपालगञ्जका दुई हजार दुई सय करदाता निलम्बनमा, कारोबार रोक्का

Author

सजिलो पत्रिका

२०८२ जेठ २८, बुधबार

28
Share
Featured

काठमाडौँ, जेठ २७ । 

आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जले लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने २,२०० करदातालाई निलम्बन गरेको छ। लगातार छ महिनासम्म विवरण पेस नगरेका ती करदाताहरूको भ्याट दर्ता निलम्बन गरी व्यावसायिक कारोबारसमेत रोक्का गरिएको कार्यालयले जनाएको छ।

आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेका अनुसार, बाँकेमा दर्ता भएका आठ हजारभन्दा बढी भ्याट करदातामध्ये करिब २,२०० ले विवरण बुझाउन अटेर गरेका थिए। "विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र उनीहरूको संस्थाको कारोबार पनि रोक्का गरिएको छ," प्रमुख न्यौपानेले भने।

उनले करदातालाई कर विवरण पेस गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि बेवास्ता गरेकाले कारबाहीमा परेको बताए। न्यौपानेले निलम्बनमा परेका फर्मसँग कारोबार नगर्नसमेत अन्य व्यवसायीलाई सचेत गराएका छन्। "निलम्बन भएका फार्मसँग कुनै कारोबार गर्नुहुँदैन, यसो गर्दा कारोबार गर्नेलाई पनि समस्या हुन्छ," उनले स्पष्ट पारे।

आन्तरिक राजस्व विभागले मूल्यअभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ मा भएको व्यवस्थाअनुसार यो कारबाही अघि बढाएको हो। यसअघि कानुनमा अस्पष्टता हुँदा कारबाही गर्न कठिन भए पनि अब ऐन र नियम स्पष्ट भएकाले विवरण नबुझाउनेमाथि निलम्बनको कारबाही निरन्तर चल्ने प्रमुख न्यौपानेले बताए।

विभागले यस्ता करदाताको नाम सार्वजनिक गर्नुका साथै करकट्टी समेत रोक्का गरेको छ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    राप्तीमा पुल नहुँदा बाँकेका तटीय बासिन्दा डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य

    बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।नरैनापुर गाउँपालिका-६ गंगापुरका स्थानीय अगुवा सोहनलाल यादवले डुडुवा गाउँपालिकाको होलिया र नरैनापुर गाउँपालिकाको गंगापुरलाई जोड्ने राप्ती नदीमा पुल नबन्दा यसक्षेत्रका हजारौ नागरिकले जोखिमपूर्ण यात्रा गर्न बाध्य

    Data is loading...

    Loading brands...

    Loading footer...