हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यकः मन्त्री गुरुङ

Author

सजिलो पत्रिका

२०८२ जेठ २५, आइतबार

13
Share
Featured

काठमाडौँ,जेठ २५। 

 नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको रूपान्तरणबाट अरबौं रुपैयाँ आम्दानी गर्न सकिने सम्भावना रहेको बताएका छन् । 

शनिबार विराटनगर महानगरपालिकामा आयोजित ‘हुलाक सेवा पुनःसंरचना सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रविधिमैत्री तथा व्यावसायिक हुलाक सेवा निर्माण आवश्यक रहेको धारणा राखे ।

उनका अनुसार यस्तो सम्भावनालाई मूर्तरूप दिन कानुनी तथा नीतिगत सुधार अपरिहार्य छ । ‘सरकारले आवश्यक परे ऐन, नियम र निर्णयमा समेत सुधार गरेर हुलाक सेवालाई प्रभावकारी बनाउन सक्छ,’ मन्त्री गुरुङले भने । 

मन्त्री गुरुङले हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्राविधिक दक्ष जनशक्ति विकासमा जोड दिए । 

‘कार्यालयको व्यवस्थापनमा सबै कर्मचारी लाग्नुपर्छ। प्रविधिसँग अभ्यस्त जनशक्ति तयार पारेर संस्थालाई चलायमान बनाउन सकिन्छ,’ उनले भने।


यो समाचारमा

विराटनगर महानगरपालिकापृथ्वी सुब्बा गुरुङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रहरीको स्वास्थ्य सुरक्षाका लागि नोबेल मेडिकल कलेजसँग सहकार्य

    काठमाडौँ।विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ। यो सम्झौतासँगै कोशी प्रदेश प्रहरीअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले नोबेल अस्पतालबाट विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने आधार तयार भएको छ।सम्झौताले उपचार सेवाका साथै स्वास्थ्य सचेतना,

    Data is loading...

    Loading brands...

    Loading footer...