अर्बौंको भ्रष्टाचारले नेपालको सुशासनमाथि नै गम्भीर प्रश्न ?

Author

सजिलो पत्रिका

२०८२ जेठ ०५, सोमबार

64
Share
Featured

नेपालमा हालै चर्चामा रहेको एक प्रमुख भ्रष्टाचार काण्ड टेरामक्स खरिद प्रकरण काण्डा हो   जुन,प्रविधि खरिद प्रकरणसँग सम्बन्धित छ।नेपालमा प्रविधि क्षेत्रमा उल्लेखनिय विकास भएता पनि, अपराधको शृंखला भने उत्तिकै बढेको छ।अपराधका प्रकृतिमा प्रविधि निकै जटिल विषय हो। टेलिकम्युनिकेसनको क्षेत्रमा हुने कल बाइपास जस्ता अपराध  राजस्व छली अनि चुहावटहरू रोक्न अत्यान्तै आवश्यक   टेरामक्स  प्रविधि  त्यसैले दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणका निम्ति त्यस्तो प्रविधि खरिद थालिएको थियो ,तर दुखद विषय के छ भने, यसको खरिदमा पनि भ्रष्टचार काण्ड बाहिरिएको छ।

दूरसञ्चार क्षेत्रको नियमन तथा अनुगमनका लागि अत्यावश्यक मानिएको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।  यस प्रकरणमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार गरेको आरोप लगाइएको छ। अख्तियारको दाबीअनुसार, यो खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन र दूरसञ्चार प्राधिकरणको नियमावली मिचिएको छ।

आरोपअनुसार, तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर यस सम्बन्धी निर्णय गरेका थिए। खरिदका मापदण्डहरू निश्चित विक्रेतालाई लाभ पुग्ने गरी तोकिएको अख्तियारको ठहर छ।

यस भ्रष्टाचार प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारी, अधिकारीहरू, विदेशी एजेन्ट र परामर्शदातासमेत गरी १६ जनालाई प्रतिवादी बनाइएको छ। अख्तियारले प्रतिवादीहरूविरुद्ध जनही बिगो कायम गरी सजायको मागदाबी गरेको छ। प्रविधिको विकाससँगै बढेका दूरसञ्चार क्षेत्रका अपराध ९जस्तैस् कल बाइपास० र राजस्व चुहावट रोक्न टेरामक्स प्रविधि उपयोगी हुने भए पनि यसको खरिद प्रक्रियामा भएको भनिएको अर्बौंको भ्रष्टाचारले नेपालको सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।

अख्तियारले यति ठूलो भ्रष्टाचार काण्डमाथि कदम चाल्नु सराहनीय भए पनि विगतमा अख्तियारले दायर गरेका मुद्दाहरूमा अदालतबाट सोचेजस्तो परिणाम नआएको अनुभव पनि छ। यस मुद्दामा विशेष अदालतबाट निष्पक्ष र समयमै फैसला आई भ्रष्टाचारीहरूले सजाय पाउने र दण्डहीनताको अन्त्य भई जनतामा राज्यप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ। यो प्रकरणले नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि कडा कदम चाल्नुपर्ने आवश्यकतालाई थप उजागर गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गरिमामय संसद की ‘सांसद साँझ’ ?

    लोकतन्त्रमा जनता नै सर्वोपरी हुन् । जनताद्वारा निर्वाचित जनप्रतिनिति सम्मिलित संसद सार्वभौम हुन्छ । जनताका प्रतिनिधिहरु सबैलाई सदनमा आफ्ना भनाई वा अभिव्यक्ति राख्न रोक तोक हुन्न । निर्धक्क राख्न पाउँछन्, सबै प्रतिनिधिले आफ्ना कुरा । त्यसैले भनिएको हो संसदलाई गरिमामय र सार्वभौम । सार्वभौमको अर्थ तथानाम वा जथाभावी चाँहि होइन

    Data is loading...

    Loading brands...

    Loading footer...