रोकिएको आईपीएल मे १७ देखि पुनः सञ्चालन हुँदै

Author

सजिलो पत्रिका

२०८२ वैशाख ३०, मङ्गलबार

32
Share
Featured

काठमाडौँ

भारत-पाकिस्तान द्वन्द्वले स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) मे १७ देखि पुनः सञ्चालन हुने भएको छ । 

आईपीएलले आफ्नो एक्स ह्यान्डलमार्फत उक्त जानकारी दिएको हो । यस सिजनको फाइनल जुन ३ मा हुनेछ ।

मे ८ तारखि हिमाचल प्रदेशको धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल चलिरहँदा रंगशालामा ब्ल्याकआउट भएपछि प्रतियोगिता एक हप्ताका लागि स्थगन गरिएको थियो ।

भारतीय रक्षा मन्त्रालयले मे ८ को राति पाकिस्तानले भारतका धेरै ठाउँमा मिसाइल र ड्रोनबाट आक्रमण गरेको दाबी गरेको थियो ।

मे १० देखि भने भारत र पाकिस्तानबीच युद्धविराम भइसकेको छ । 

यो समाचारमा

भारतपाकिस्तानकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...