स्वास्थ्य पत्रकारितामा योगदान गर्ने दुई महिला पत्रकारलाई रामा यादव स्मृति पुरस्कार

Author

सजिलो पत्रिका

२०८२ वैशाख २९, सोमबार १९:००

62
Share1
Featured

रौतहट।

दिवंगत रामा यादवको चौथो स्मृति दिवसको अवसरमा स्वास्थ्य पत्रकारितामा योगदान पुर्‍याएका दुई महिला पत्रकारलाई “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” प्रदान गरिने भएको छ।

आइतबार रौतहटको गौरस्थित रेड टेलिभिजन सभाहलमा आयोजित विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कार्कीले २०८१/ २०८२ वर्षका लागि चयन गरिएका पत्रकारहरूको नाम सार्वजनिक गरेका हुन्।

२०७८ सालका लागि बाराको सिमराबाट सक्रिय रेडियो समर्पणकी प्रमुख तथा रातोपाटी अनलाइनकी संवाददाता शारदा पोखरेल र २०७९ सालका लागि महोत्तरीकी चाँदनी झालाई पुरस्कार दिइनेछ। दुबैलाई नगद २६,००१ रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएका छन्।

कार्यक्रममा प्रमुख अतिथि संजय कार्कीले रौतहटको पत्रकारिता क्षेत्रमा गुणस्तरीय सुधारको आवश्यकता औंल्याउँदै लेखन, प्रस्तुति र सम्प्रेषणमा ध्यान दिनुपर्ने बताए। अन्य वक्ताहरूले दिवंगत रामा यादवको योगदानको स्मरण गर्दै स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा उनको बाटो पछ्याउनुपर्नेमा जोड दिए। पुरस्कार आगामी वर्ष स्मृति दिवसको वार्षिकोत्सवमा विशेष समारोहबीच प्रदान गरिनेछ।

यो समाचारमा

रौतहटरौतहट

ट्यागहरू

#सम्मान#रामा यादव स्मृति#शारदा पोखरेल#चाँदनी झा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू