पाकिस्तानमा मिठाइ बाँडेर र सडकमा नाचगान गर्दै युद्धविरामको खुसीयाली

Author

सजिलो पत्रिका

२०८२ वैशाख २७, शनिबार

108
Share
Featured

काठमाडौं।

भारतपाकिस्तानबीचको लामो सैन्य तनावपछि शनिबार पूर्ण र तत्काल युद्धविरामको घोषणा भएको छ। पाकिस्तानको मुल्तानसहित विभिन्न सहरमा सर्वसाधारणले मिठाइ बाँडेर र सडकमा नाचगान गर्दै खुसीयाली मनाएका छन्।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई विवेकपूर्ण निर्णय गरेको भन्दै बधाई दिएका छन्। पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले युद्धविराम तत्काल लागू हुने जानकारी दिएका छन्। भारतका विदेश सचिव विक्रम मिश्रीले पनि दुबै देशका डीजीएमओबीच सहमति भएको पुष्टि गरेका छन्।


मे १२ मा पुनः वार्ता हुने तय छ। साउदी अरब र टर्कीले पनि वार्ता सफल बनाउन भूमिका खेलेको जनाइएको छ। यसअघि कश्मीरमा भएको आतंकवादी हमलापछि दुवै देशबीच तनाव चर्किएको थियो। पाकिस्तानले युद्धविरामपछि आफ्नो हवाई क्षेत्र पनि पूर्ण रूपमा खुला गरेको छ।

यो समाचारमा

भारतपाकिस्तान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वास्थ्य बीमा बोर्डद्वारा मंसिरसम्मको २३ अर्ब बक्यौता भुक्तानी

    काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मंसिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ । बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौताकापत उपलब्ध गराउनुपर्ने २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १५ रकम भुक्तानी गरिएको जनाएको हो ।बोर्डले स्वास्थ्य बिमा बोर्डमा

    Data is loading...

    Loading brands...

    Loading footer...