सुदीपको शव नेपाल पठाइयो,सुनौली हुँदै बुटवल आइपुग्ने

Author

सजिलो पत्रिका

२०८२ वैशाख १०, बुधबार

208
Share
Featured

काठमाडौँ भारतको जम्मु कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परी मृत्यु भएका नेपाली सुदीप न्यौपाने न्यौपानेको शव नेपाल पठाइएको छ । शवको पोस्टमार्टम सकेर शव नेपाल पठाइएको हो । 

नयाँदिल्लीस्थित नेपाली दूतावास स्रोतले न्यौपानेको शव नेपाल पठाइएको जानकारी दिएको हो । स्रोतका अनुसार शव श्रीनगरबाट उडिसकेको र,राति सुनौली हुँदै नेपाल पग्ने जनाएको छ । 

सुदीपको शवसँगै उनीसँगै साथमा गएका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको छ । आक्रमणमा परेर रिमकला घाइते छिन् । 

 सुदीप गत शनिबार आमा र दुई नातेदारसँगै भारतको जम्मु कश्मीर घुम्न गएका थिए । आतंकवादीले मंगलबार जम्मु कश्मिर घुम्न गएका पर्यटकमाथि आक्रमण गर्दा सुदीप पनि परेका थिए । घटनामा २६ जना पर्यटकको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

 नयाँ दिल्लीस्थित नेपाली दूतावासले सुदीपको शवलाई उनकी आमा र दुई नातेदारसँगै नेपाल पठाएको हो । सुदीपको घर बुटवल उपमहानगरपालिका–१४ भएका कारण उनको शव नयाँ दिल्लीबाट गोरखपुर हुँदै बुटवल पठाउन लागेको स्रोतले बतायो ।

 परराष्ट्रमन्त्री डा‍ आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग उनको शव आजै ल्याउन पहल गरेकी थिइन् । मन्त्री डा. राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्मासँग आज बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएकी थिइन् । 

आज साँझ ५ बजे श्रीनगरबाट नयाँदिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनौ हवाई जहाजमा तथा लखनौबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो । 

दिल्लीबाट लखनौको उडानका लागि उनीहरूलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट दुईजना कर्मचारी खटाइएको छ । 

यो समाचारमा

काठमाडौँभारतसुदीप न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हुलाकी सडकमा अवरोध भए पनि यात्रा रोकिने छैन, खजुरामा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक तयार

    बाँके । खजुरा गाउँपालिकाले नेपालगन्ज-गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ ।गाउँपालिका अध्यक्ष डम्बरबहादुर विककाअनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकको वैकल्पिक मार्गका रूपमा खजुरा गाउँपालिका-३ स्थित आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरिएको हो ।अब हुलाकी सडकअन्तर्गत खजुरा

    Data is loading...

    Loading brands...

    Loading footer...