
काठमाडौँउत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरूको परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा तनाव पुनः बढेको छ। केही दिनअघि मात्र संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले प्योङयाङले आणविक हतियार विकासमा “गम्भीर प्रगति” गरेको चेतावनी दिएको पृष्ठभूमिमा यो परीक्षण गरिएको हो।दक्षिण कोरियाली सेनाका अनुसार मिसाइलहरू उत्तर कोरियाको सिन्पो क्षेत्रबाट प्रक्षेपण गरिएका...