
काठमाडौँ।प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका ५ पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र विजयी भएका छन्। रोल्पाबाट नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार पुन २७ हजार ४६० मतसहित निर्वाचित भएका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुदनकुमार वलीलाई १५ हजारभन्दा बढी मतान्तरले पराजित गरे।अन्य चार पूर्वअर्थमन्त्रीहरू भने पराजित भएका छन्। नेकपा एमालेका प्रभावशाली नेता...