प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

Author

सजिलो पत्रिका

२०८३ असार २६, शुक्रबार

16
Share
Featured
  • प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
  • कानुनमन्त्री सोबिता गौतमले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय महिला आयोगका वार्षिक प्रतिवेदन पेस गर्नेछिन्।
  • बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) दिउँसो १ बजे बस्दैछ। संघीय संसद् भवनमा बस्ने उक्त बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यक्रम रहेको छ। मन्त्री गौतमले 'निर्वाचन आयोगको १९औँ वार्षिक प्रतिवेदन', 'राष्ट्रिय सुरक्षा परिषद्को ८औँ वार्षिक प्रतिवेदन' र 'राष्ट्रिय महिला आयोगको १८औँ वार्षिक प्रतिवेदन' (आर्थिक वर्ष २०८१/८२) सदनमा पेस गर्नेछिन्।

यसका साथै, मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसअघि बिहीबारका लागि तय भएको बैठक विशेष कारणवश आजका लागि सारिएको थियो।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभासोबिता गौतमबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...