अमेरिकी–इरान तनाव चर्किँदा तेलको मूल्य उकालो, विश्व बजारमा बढ्यो अनिश्चितता

Author

सजिलो पत्रिका

२०८३ असार २४, बुधबार

5
Share
Featured

काठमाडौं । अमेरिकी सेनाले इरानमाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव पुनः चर्किएको छ। हर्मुज जलडमरूमध्य नजिक तीन जहाजमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप अमेरिकाले सैन्य कारबाही गरेको जनाएको छ।

तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार दोस्रो दिन २ प्रतिशतभन्दा बढीले बढ्दै दुई सातायताकै उच्च स्तरमा पुगेको छ। विश्लेषकहरूले हर्मुज जलडमरूमध्यमा आपूर्ति अवरोधको जोखिम बढेपछि बजारमा चिन्ता गहिरिएको बताएका छन् ।

इरानले अमेरिकामाथि दुई पक्षबीचको समझदारी उल्लंघन गरेको आरोप लगाउँदै आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न निर्णायक कदम चाल्ने चेतावनी दिएको छ। यसअघि वासिङ्टनले इरानी तेलमाथिको अस्थायी प्रतिबन्ध छुट पनि खारेज गरेको थियो ।

भूराजनीतिक तनावका कारण विश्व शेयर बजारमा पनि दबाब परेको छ । दक्षिण कोरियाको कोस्पी सूचकांक एक प्रतिशतभन्दा बढीले घट्दा टोकियो, सांघाई, सिड्नी, सिंगापुर र ताइपेईका बजार पनि ओरालो लागेका छन् । हङकङको बजार भने सामान्य सुधार देखिएको छ ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वबाट तेल आपूर्तिमा थप अवरोध आएमा ऊर्जा मूल्य अझ बढ्न सक्छ, जसले विश्वव्यापी मुद्रास्फीति नियन्त्रणका प्रयासलाई चुनौती दिँदै प्रमुख केन्द्रीय बैंकहरूलाई ब्याजदर उच्च राख्न दबाब बढाउन सक्छ ।

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    २०१३ सालदेखिका पुराना अर्थ ऐन खारेज र संशोधन गर्न अर्थमन्त्रीको वाग्ले विधेयक

    काठमाडौँ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०१३ सालदेखिका अर्थ सम्बन्धी पुराना कानुनहरू खारेज र संशोधन गर्न प्रतिनिधि सभामा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ दर्ता गरेका छन्।विधेयकले संघीय शासन संरचनामा असान्दर्भिक देखिएका ६ वटा ऐन तथा नियमावली (राजस्व चुहावट ऐन, आय टिकट दस्तुर ऐन, नेपाली मुद्राको चलन

    Data is loading...

    Loading brands...

    Loading footer...