सेयर बजार २४.५७ अंकले बढ्यो, ४ अर्ब ४० करोडको कारोबार

Author

सजिलो पत्रिका

२०८३ असार २३, मङ्गलबार

6
Share
Featured

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४.५७ अंकले उकालो लागेर २६५१.६९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३३ अंकले बढेर लागेर ४६०.६१ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक १.७३ अंकले बढेर १८१.९६ मा पुगेको छ ।  यस्तै सेन्सेटिभ फ्लोट सूचक भने १.५७ अंकले बढेर एक सय ५६ पुगेको छ । 

आज विभिन्न कम्पनीका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटै उपसमूहको सेयर बढेको छ ।

नेप्सेका अनुसार कलङ्गा हाइड्रो लिमिटेड, आरबिबी फोकस ४० म्युचुअल फण्ड, सानीगढ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सिटिजन बैंकको डिबेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी

    काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘च’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)

    Data is loading...

    Loading brands...

    Loading footer...