मौद्रिक नीतिपछि सेयर बजार ३० अंकले घट्यो , कारोबार रकम झण्डै ५ अर्ब

Author

सजिलो पत्रिका

२०८३ असार २४, बुधबार

6
Share
Featured

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.०३ अंकले घटेको छ। अघिल्लो कारोबार दिन २४ अंकले बढेको बजार आज ओरालो लाग्दै नेप्से २६२१ अंकमा झरेको हो ।

बजार परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम बढेर ४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। दिनभर बजारमा बिक्री दबाब देखिँदा अधिकांश समय नेप्से राताम्मे रह्यो।

आजको कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको, २४७ कम्पनीको घटेको तथा ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत सूचकतर्फ अधिकांश क्षेत्र दबाबमा रहे । बैंकिङ समूह १.१८ प्रतिशत, विकास बैंक १.४६ प्रतिशत, वित्त १.४३ प्रतिशत, होटल तथा पर्यटन १.२९ प्रतिशत, जलविद्युत १.७० प्रतिशत, लगानी ०.३९ प्रतिशत, जीवन बीमा ०.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१३ प्रतिशत, लघुवित्त ०.८१ प्रतिशत, निर्जीवन बीमा १.०७ प्रतिशत, अन्य १.१५ प्रतिशत तथा व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ स्नो रिभर्सको सेयर मूल्य सबैभन्दा धेरै ४.३९ प्रतिशतले बढेको छ। विपरीत रूपमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १३.४१ प्रतिशतले घट्दा उपकार लघुवित्त १०.६९ प्रतिशत, सानीगढ हाइड्रो ६.३६ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्स ६.३२ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत, एनआरएन इन्फ्रास्ट्रक्चर, सानीगढ हाइड्रो, कालंगा हाइड्रो र सिटी होटल सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

    काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...