कर्णाली । बिहीबार
कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स
गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय
सुर्खेतका छ जना गोताखोर आज बिहान ८:०० बजेदेखि पुनःपरिचालन भएका छन् ।
बिहान ८:०० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको
क प्र ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी ११:३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका-७
दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।
बिहीबार पाँच
घण्टासम्म गोताखोरले खोजी गर्दा नभेटाएपछि आज पुनःखोजी गरिएको कर्णाली प्रदेश
प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले राससलाई
जानकारी दिए ।
उनले भने, ‘जलसतह मात्र बढेको छैन, नदीको बेग पनि त्यत्तिकै तीव्र छ । पानी धमिलो छ । घटनास्थलमा सिधै जाने
ठाउँ छैन । अछाम जिल्लाबाट खोज्नुपरेको छ । अचेत अवस्थाम भिरमा अड्केका एक जना
पुरुषको उद्धार गरी अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको छ । मृतकको ठेगाना
खुल्न सकेको छैन ।’
खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका
प्रहरी नायब उपरीक्षक श्रवण विकसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना घटनास्थलमा परिचालन
गरिएको छ ।
सुर्खेत बसपार्कबाट
बिहान ८:०० बजे गाडी छुट्दा तीन र दैलेखको
डुङ्गेश्वरबाट दुई, चालक र सहचालक गरी अहिलेसम्म आधिकारिक
सात व्यक्ति गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।
गाडी ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको
स्थान प्रहरीचौकी दैलेखबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर
पश्चिमतर्फ रहेको छ ।