कर्णाली नदीमा गाडी खस्यो, १४ जना सवार रहेको अनुमान

Author

सजिलो पत्रिका

२०८३ असार १८, बिहिबार

5
Share2
Featured

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका-७ साङ्गेतडामा दुर्घटनामा परेको यात्रुवाहक गाडी १४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००ख १०५५ नम्बरको गाडी बिहीबार सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनास्थलमा एक जना पहिचान नखुलेका पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

सो गाडी अनियन्त्रित भई नदीमा खसेको अनुमान गरिएको छ । दुर्घटनास्थलमा  ३५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कर्णाली प्रदेशको नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा (पूर्णपाठ)

    कर्णाली प्रदेश कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्य अवस्थाका कारण मुख्यमन्त्री यामलाल कँडेलले बुधबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।नीति तथा कार्यक्रममा कृषि कृषि क्षेत्रलाइ जोड दिइएको छ। यसका साथै स्वास्थ्य,

    Data is loading...

    Loading brands...

    Loading footer...