पोखरा महानगरको आगामी वर्षको बजेट पास, पुँजीगततर्फ ४४.९५ प्रतिशत खर्च गरिने

Author

सजिलो पत्रिका

२०८३ असार १८, बिहिबार

3
Share
Featured

कास्की । पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ कालागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ ।

नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट ७ अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो ।

महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा संघीय सरकार सशर्त अनुदानबाट दुई अर्ब ६१ करोड ९१ लाख, संघीय सरकार विशेष अनुदानबाट पाँच करोड ५० लाख, समपूरक अनुदान एक  करोड ८२ लाख, समानिकरण अनुदान ४९ करोड ३७ लाख गरी संघीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान तीन अर्ब १८ करोड ६० लाख रहेको छ ।

यसैगरी  गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ ६० लाख, विशेष अनुदान ४० लाख र समानिकरण अनुदान तर्फ आठ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणको कुल योगदान नौ करोड १५ लाख ३६ हजार रहेको छ ।

राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट प्राप्त हुने ३४ करोड ३४ लाख ७३ हजार, राजश्व बाँडफाँट गण्डकी प्रदेश सरकारबाट चार करोड ९ लाख ८६ हजार, राजश्व बाँडफाँट स्थानीय सरकारतर्फ एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार हुनेछ । कूल विनियोजनमा चालु खर्चतर्फ ५५.१५ तथा पुँजीगत खर्चतर्फ ४४.९५ रहेको छ ।

नगरसभाले पोखरा महानगरपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन सहित कार्यपालिकाबाट सिफारिस भइआएका विधेयक, संशोधन विधेयक, मापदण्ड लगायत कानुनहरू समेत पास गरेको छ ।     

महानगर प्रमुख धनराज आचार्यले नगरसभालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने नगरसभासदस्यहरु प्रति आभार व्यक्त गर ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    राम्दीमा बन्यो अत्याधुनिक ‘सिग्नेचर व्रिज’, असारभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य

    पाल्पा । पाल्पार स्याङ्जाको संगमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ ।गण्डकी प्रदेशर लुम्बिनी प्रदेशजोड्ने गरी सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म ९५ प्रतिशत सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख सिडिई कृष्णराज अधिकारीले बताए । २०२८ सालमा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...