काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्याज, हरियो तरकारी, फलफूल, मसला तथा माछासहित विभिन्न कृषि उपजको मूल्य निर्धारण गरिएको हो।
आजको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ४५ रुपैयाँ, सानो लोकल गोलभेँडा १५ रुपैयाँ र टनेल गोलभेँडा २५ रुपैयाँमा कारोबार हुनेछ। रातो आलु ३०–४० रुपैयाँ प्रतिकिलो, सेतो आलु ३० रुपैयाँ तथा भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
तरकारीतर्फ स्थानीय गाजर १०० रुपैयाँ, बन्दा ६० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ र डल्लो भन्टा ४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
अन्य तरकारीमा मटरकोसा १३० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तीते करेला ३० रुपैयाँ, लौका ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, झिगुनी ५० रुपैयाँ, भिन्डी ३० रुपैयाँ, इस्कुस ५० रुपैयाँ तथा सखरखण्ड १२० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
सागपाततर्फ रायोको साग ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो तोकिएको छ। च्याउमध्ये कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ १,००० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ४५० रुपैयाँ, मालदह आँप ११० रुपैयाँ, दशहरी आँप १२० रुपैयाँ, हरियो तरबुजा ६० रुपैयाँ, जुनार २३० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ र चाइनिज नासपाती २५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
मसलातर्फ अदुवा १८० रुपैयाँ, हरियो खुर्सानी ३०–५० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ तथा सुकेको लसुन १७०–२०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
त्यसैगरी, ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ, छडी २५० रुपैयाँ तथा सुकेको माछा १,००० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने समितिले जनाएको छ।