पेट्रोलियम पदार्थको मूल्य घट्यो

Author

सजिलो पत्रिका

२०८३ असार १७, बुधबार

24
Share
Featured

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।

निगमले  पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाएको हो । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १०० रुपैयाँ कटौती गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ र डिजेल प्रतिलिटर २२५ रुपैयाँ थियो ।

यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा र डिजेल प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ । सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १९६ रुपैयाँ र डिजेलको मूल्य १९४ रुपैयाँ तोकिएको छ ।

हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम भएको छ । यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर ११०० र भैरहवाका लागि डलर १०८५ प्रतिकिलोलिटर कायम गरिएको छ ।

मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब दुई हजार ६० रुपैयाँमा प्राप्त गर्नेछन् । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार १६० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...