शून्यबाट काम थाल्दै नवप्रवर्तन मन्त्रालय, मन्त्रालयमै बस्ने मन्त्री पुनको निर्णय

Author

सजिलो पत्रिका

२०८३ जेठ २७, बुधबार

4
Share
Featured
  • नवनिर्मित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले मन्त्री **महावीर पुन**को नेतृत्वमा औपचारिक रूपमा काम सुरु गरेको छ।
  • मन्त्रालयको संरचना तयार गर्न ओएनएम सर्वेक्षण गर्ने पहिलो निर्णय गरिएको छ, र हाल २४ कर्मचारीबाट काम सञ्चालन भइरहेको छ।
  • मन्त्री पुनले सरकारी निवासका रूपमा मन्त्रालयकै भवनमा बस्ने निर्णय गरेका छन्, साथै मन्त्रालयको वेबसाइट पनि छिट्टै सञ्चालनमा आउने तयारीमा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले हालै पुनर्गठन गरेको 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' ले आफ्नो संस्थागत र नीतिगत कार्य सुरु गरेको छ। स्वतन्त्र सांसद महावीर पुनले मङ्गलबार मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेसँगै मन्त्रालयले सिंहदरबारस्थित साविकको युवा तथा खेलकुद मन्त्रालयको भवनबाट काम थालेको हो।

मन्त्री पुनले नयाँ मन्त्रालय भएकाले सबै काम शून्यबाट सुरु गर्नुपर्ने बताउँदै पदबहालीका क्रममा मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण गर्ने पहिलो निर्णय गरेका छन्। मन्त्रालयका सचिव प्रमिला बज्राचार्यका अनुसार हाल २४ जना कर्मचारीबाट काम सुरु गरिएको छ र नयाँ सङ्गठन संरचना बनेपछि कर्मचारीको सङ्ख्या थपिनेछ।

मन्त्रालयको डिजिटल उपस्थितिका लागि वेबसाइटको नमुना तयार गरी सूचना प्रविधि विभागमा पठाइसकिएको र केही दिनभित्रै सञ्चालनमा आउने सचिव बज्राचार्यले जानकारी दिइन्। विशेष कुरा के छ भने, मन्त्री पुनले सरकारी निवासका रूपमा मन्त्रालयकै भवनलाई प्रयोग गर्ने निर्णय गर्दै आजैदेखि सिंहदरबार सरेका छन्। साविकको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान र प्रविधि शाखालाई अलग गरी यो नयाँ मन्त्रालय स्थापना गरिएको हो।

यो समाचारमा

काठमाडौँमहावीर पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...