चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

Author

सजिलो पत्रिका

२०८३ जेठ २७, बुधबार

3
Share
Featured
  • नेप्से परिसूचक बुधबार २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुगेको छ, जसले चार दिनदेखिको गिरावटलाई रोकेको छ।
  • आज ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा कम हो।
  • १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घट्यो, साथै तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। अघिल्ला चार दिन लगातार घटेको बजार आज २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा बन्द भएको छ।

परिसूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। मंगलबार ६ अर्ब माथिको कारोबार भएकोमा आज ३५६ कम्पनीका ९२ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँमा खरिद-बिक्री भएको छ।

आज १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो। १३ उपसूचकमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटा घटेका छन्। बजारमा आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशत वृद्धि) लागेको छ। यद्यपि, ठूला कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.३५ अंकले घटेर ४६८.७२ विन्दुमा झरेको छ।

यो समाचारमा

काठमाडौँनेपाल स्टक एक्सचेन्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...