राजदूत बन्न एसएमएस गर्ने सचिवमाथि प्रधानमन्त्री शाहको व्यङ्ग्य

Author

सजिलो पत्रिका

२०८३ जेठ २४, आइतबार

12
Share
Featured
  • प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राजदूत बन्नका लागि पहल गरेको भनिएका सचिव कृष्णहरि पुष्कर प्रति सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन्।
  • सचिव पुष्करले आफूलाई राजदूत नियुक्त गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई एसएमएस पठाएको विषय सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो।
  • घटनापछि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त (जगेडा) समूहमा सरुवा गरिएको बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राजदूत पदका लागि 'सोर्सफोर्स' लगाउन खोज्ने सचिव कृष्णहरि पुष्करप्रति सामाजिक सञ्जालमार्फत कडा व्यङ्ग्य गरेका छन्। शनिबार मध्यराति फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘मलाई पनि एम्बासडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न।’

यो व्यङ्ग्य उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले राजदूत बन्ने इच्छा राख्दै प्रधानमन्त्रीलाई पठाएको एसएमएससँग सम्बन्धित छ। असार २४ गते अनिवार्य अवकाशमा जान लागेका सचिव पुष्करले आफूलाई राजदूत नियुक्त गरिदिन आग्रह गर्दै प्रधानमन्त्री शाहलाई सन्देश पठाएका थिए।

उक्त घटनापछि प्रधानमन्त्रीको सचिवालयले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। हाल उनलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त (जगेडा) समूहमा सरुवा गरिएको छ। प्रधानमन्त्रीको यो व्यङ्ग्यात्मक स्टाटसले पदका लागि गरिने अवाञ्छित चलखेलप्रति उनको कडा असन्तुष्टि झल्काएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साइबर ठगी नियन्त्रण र डिजिटल साक्षरता अभियान चलाउन सांसद रञ्जु न्यौपानेको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद रञ्जु न्यौपानेले मुलुकमा बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोहलाई तत्काल कारबाही गर्न माग गरिन्।सांसद न्यौपानेले ह्वाट्सएप ह्याक गरी आफन्तबाट पैसा असुलिएका र बैंक खाताबाट

    Data is loading...

    Loading brands...

    Loading footer...