कान्तिपुर सहकारीका १०० ऋणीको नामावली सार्वजनिक

Author

सजिलो पत्रिका

२०८३ जेठ २१, बिहिबार

5
Share
Featured
  • समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
  • समितिले ऋणीहरूलाई तत्काल ऋण चुक्ता गर्न आग्रह गर्दै समयमै भुक्तानी नगरे कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
  • बचतकर्ताको रकम फिर्ता गराउने र उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिको २०८३ जेठ २० गतेको निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा यो सूची सार्वजनिक गरिएको हो।

समितिले ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न सूचित गरेको छ। यदि तोकिएको समयमा ऋण चुक्ता नगरे प्रचलित कानुनअनुसार कडा असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।

यसैगरी, पहिले नै ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिमा उपस्थित हुन आग्रह गरिएको छ। बचतकर्ताको रकम फिर्ता गराउने र उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिले स्पष्ट पारेको छ। सरकारले कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि समितिले यसको सम्पत्ति र दायित्व व्यवस्थापनको काम गरिरहेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जातीय भेदभाव अन्त्यका लागि कानून संशोधन गर्ने मन्त्री वादीको प्रतिबद्धता

    काठमाडौँ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि मौजुदा ऐन–कानूनमा आवश्यक संशोधन र परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा ललितपुरमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।मन्त्री वादीले समाजमा अझै पनि विभेद

    Data is loading...

    Loading brands...

    Loading footer...