भारतमा अलपत्र परेका ४५३ नेपालीको उद्धार

Author

सजिलो पत्रिका

२०८३ जेठ १६, शनिबार

27
Share
Featured
  • रोजगारीको प्रलोभनमा परेर भारतको कुशीनगरमा अलपत्र परेका ४५३ नेपालीको उद्धार गरिएको छ।
  • उद्धार कार्य भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा सम्पन्न भएको हो।
  • उद्धार गरिएका नागरिकलाई बेलहिया नाका हुँदै नेपाल ल्याएर परिवारको जिम्मा लगाउने तयारी गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रोजगारीको प्रलोभनमा परेर भारतको कुशीनगर क्षेत्रमा अलपत्र परेका ४५३ जना नेपाली नागरिकको उद्धार गरिएको छ। रुपन्देही प्रहरीका अनुसार आकर्षक कामको आशमा भारत पुगेर अलपत्र अवस्थामा रहेका उनीहरूलाई भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा उद्धार गरिएको हो।

उद्धार गरिएका सबै नागरिकलाई रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएको छ। पछिल्लो समय वैदेशिक रोजगारीका नाममा भारतका विभिन्न सहरमा पुर्‍याएर अलपत्र पार्ने क्रम बढेपछि प्रहरी र दूतावासले सक्रियता बढाएका छन्। उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँभारतरुपन्देही

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...